नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी

२०८२ जेठ ४ आइतबार
सारांश
  • आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन् ।

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेको बताएकी छन् । 


आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले बर्षायाम सुरु हुन लागेको भन्दै उनले सभामुखमार्फत नदी किनारका बस्तीहरु बाढीको त्रासमा रहेको बताएकी हुन् ।  


‘बर्खायाम आउँदैछ । हावाहुरीले संकेत दिइसकेको छ । विषेशगरी कर्णाली क्षेत्रका भजनी गाउँपालिका, जोसिपुर नगरपालिका साथै अधिकांश कर्णाली नदी लगायतका अन्य नदी किनारका बस्तीहरु बाढीको त्रासमा बाँचिरहेका छन् । त्यहाँका मानिसहरु अहिले नै आकाश हेरेर डराउन थालेका छन्,’ उनले भनिन् । 


उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार